शेख हसिनाले देश छाड्नुअघि पदबाट राजीनामा दिएको भेटिएन प्रमाण

सेयर गर्नुहोस्

६ कार्तिक, काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुअघि पदबाट राजीनामा नदिएको खुलेको छ । हाल छिमेकी मुलुक भारतको शरणमा रहेकी उनले दिएको राजीनामा पत्र राष्ट्रपतिले नभेटेका हुन् ।

शेख हसिना गत ५ अगस्टदेखि भारतमा निर्वासन जीवन बिताइरहेकी छन् । उनले देश छोड्ने क्रममा पदबाट राजीनामा दिएको कुरा सार्वजनिक भएको थियो । तर अहिले उनले राजीनामा दिएको विवरण त्यहाँका राष्ट्रपतिले नभेटेका हुन् ।

हालैमात्र बंगलादेशका राष्ट्रपतिले आफ्नो एक वक्तव्यमा त्यहाँको राजनीतिक सरगर्मी तातेको छ। टाइम्स अफ इन्डियाको समाचार अनुसार बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शेख हसिनानाको राजीनामाबारेको कुनै लिखित दस्तावेज आफूकहाँ नआइपुगेको खुलासा गरेका हुन् ।

राष्ट्रपति शहाबुद्दिनले देश छोड्नुअघि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको कुनै किसिमको कागजी दस्तावेज आफूले नभेटेको बताएका हुन् ।

बंगलादेशमा विद्यार्थी र कट्टरपन्थीसहितले तत्कालीन शेख हसिना सरकारविरुद्ध उग्र प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री हसिनाले ५ अगस्टमा राजीनामा दिएर भारतको शरण लिएकी थिइन् । राष्ट्रपतिको भनाइ यही सन्दर्भमा आएको हो ।

राष्ट्रपति शहाबुद्दिनले यसबारेमा शेख हसिनाले देश छाड्नुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए । तर उक्त राजीनामाको कुनै ठोस प्रमाण आफूसँग सुरक्षित नरहेको उनले बताएका हुन् । धेरै मिहिनेत गरेर खोज्दा पनि त्यससँग सम्बन्धित कागजपत्र नभेटेको उनले बताएका छन् । उनले सायद समय नभएकाले शेख हसिनाले लिखित राजीनामा दिन नभ्याएको हुन सक्ने तर्क गरेका छन् ।

५ अगस्टको घटनाबारेमा उनले बताएअनुसार बिहासन साढे १० बजे बंगभवनलाई हसिनाको आवासबाट फोन गएको थियो । उनले त्यसबेला राष्ट्रपतिसँग मिल्न चाहेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *