सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबीका व्यवसायिक साझेदार रामबहादुर खनाल पक्राउ

सेयर गर्नुहोस्

९ कात्तिक, काठमाडौं-सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा पनि शेयरधनी छन् ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय , कास्कीमा पठाइएको बोगटीले बताएका छन् ।सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने समेत हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *