वन मन्त्रालयको नाम परिवर्तन हुने

सेयर गर्नुहोस्

११ कात्तिक, काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताएका छन् ।

‘हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रुपमा नामांकन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ । जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ’, कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले भने ।

उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतीहरु महशुस गरिरहेको पनि उल्लेख गरे ।

‘जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतीहरु महसुस गरिरहेका छौँ । जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय श्रृंखलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ’, सचिव खरालले भने ।

कोप २९ का लागि देशको धारणा बनाउन वन मन्त्रालयले शनिबार राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *