आइतबार पनि काठमाडौंको माइतीघर मण्डलमा रास्वपाको प्रदर्शन

सेयर गर्नुहोस्

११ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेदेखि नै रास्वपा सडक प्रदर्शनमा छ।

सुरूका केही दिन पोखराकेन्द्रित आन्दोलन गरेको रास्वपा हिजोआज काठमाडौंकेन्द्रित आन्दोलनमा छ। आइतबार माइतीघर मण्डलमा भएको प्रदर्शनमा प्रमुख सचेतक सन्तोष परियार, मिलन लिम्बुलगायत नेताहरू पनि उपस्थित रहेका थिए।प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितमाथिको राजनीति बन्द गर, राजनीतिक प्रतिशोध खेल बन्द गर, अधिनायकवाद चल्दैन, सत्ताको दुरूपयोग बन्द गर’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

शनिबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको थियो। रास्वपाले आन्दोलन सञ्चालन गर्न उपसभापति डोलप्रसाद अर्याल (डिपी) को नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *