जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला

सेयर गर्नुहोस्

१२ कात्तिक, रुपन्देही । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परी हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिग करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा थिए ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान ५ बजे शव फेला परेको प्रहरीको भनाइ छ । दशैंको फूलपातीको दिन भालुवाङमा रहेको सशस्त्र प्रहरीका दुई जनाले दुई बालिकालाई बलात्कार गरेको अभियोगमा उनीसहित दुई सशस्त्र प्रहरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । स्थानीयले शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै लगातार १५ दिन आन्दोलन गरेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *