राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री जाने

सेयर गर्नुहोस्

 १२ कार्तिक, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल राखिएको छ । यसअघि विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसद र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *