१३ कार्तिक, काठमाडौँ- बालुवाटार घेराउ गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् ।पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटार घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।सांसद अशोककुमार चौधरीसहित १७ जना नेता-कार्यकर्ता पक्राउ परेको रास्वपाले जनाएको छ ।
निषेधित क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बालुवाटार प्रधानमन्त्री निवास क्षेत्र भएकाले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्र तोकेको छ ।सोही कारण देखाउँदै उनीहरुलाई पक्राउ गरिएको हो । सहकारी प्रकरणमा पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।