पाथीभरा मन्दिरमा जाने केबलकार निर्माणलाई लिएर विवाद हुँदा ३ जना घाईते

सेयर गर्नुहोस्

२२ कार्तिक काठमाडौं- ताप्लेजुङमा पाथीभरा मन्दिरमा जाने केबलकार निर्माणलाई लिएर विवाद हुँदा ढुंगामुढा भएको छ।शुक्रबार दिउँसो तल्लोफेदीमा स्टेशन बनाउन शिलान्यासको कार्यक्रम राख्दा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए।

उनका अनुसार एक पक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले त्यहाँ निर्माण गर्न नहुने भन्दै अवरोध गरेको थियो। ‘प्रहरी बिहानैदेखि त्यहाँ तैनाथ थियो। विवादबीच ढुंगामुढा भयो,’ उनले सेतोपाटीसँग भने।यसक्रममा तीन जना घाइते समेत भएका छन्। घाइते तीनै जनालाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए।अहिलेलाई स्थिति सामान्य भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *