‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि  अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोप

सेयर गर्नुहोस्

२८ कार्तिक, काठमाडौं – मंसिर ७ गते देखि प्रदर्शन  हुने  भनिएको चलचित्र  ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि  अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । निर्माता तथा निर्देशक समेत रहेका शंकर घिमिरे र ऋचा घिमिरे दम्पती हुन , उनीहरु  लामो समयदेखि अमेरिकामा बस्दै आएका  छन, यिनै दम्पतिले  अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उजुरी परेको बताएका छन  ।  उजुरीका सम्बन्धमा थप अनुसन्धान हुने एसपी अधिकारीले जनाएका छन ।

अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित चलचित्र  तेल भिसाको  छायांकन अमेरिकामा गरिएको थियो । यसै क्रममा  अमेरिका लैजान्छु भन्दै ठगी गरेको उजुरीमा  उल्लेख छ । उजुरी दिने व्यक्तिको परिचय भने अहिले प्रहरीले खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *