देश संचालन गर्ने प्रमुख नेताहरूले लोकतन्त्रलाई कमजोर पार्न भूमिका खेलेको छन्-महामन्त्री थापा

सेयर गर्नुहोस्

 २८ कार्तिक, काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश संचालन गर्ने प्रमुख नेताहरूले लोकतन्त्रलाई कमजोर पार्न भूमिका खेलेको बताएका छन् ।कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ-२०२४’ अन्तर्गत ‘दोबाटोमा लोकतन्त्र’ विषयक सत्रमा बोल्दै थापाले लोकतन्त्रलाई दोबाटोमा पुर्‍याउन राजनीतिक दलहरूले भूमिका खेलेको बताए ।

‘लोकतन्त्र दोबाटोमा कसले पुर्‍यायो भन्ने जिम्मेवारी शेरबहादुर देउवाले , केपी ओलीले  र प्रचण्डले पनि लिनुहुन्नँ भने कसै न कसैले त जिम्मा लिनुपर्ने भन्दै आफैले  जिम्मा लिने बताए  । महामन्त्री थापाले समस्या राजनीतिक दलहरूले सिर्जना गरेको र सुधार पनि राजनीतिक दल र नेतृत्वहमहारूले नै गर्नुपर्ने बताए ।

राजनितिक नियुक्ति हुने ठाउँमा पनि  नियुक्त भएका व्यक्तिहरूले जिम्मेवारीअनुसार काम गर्नुपर्ने थापाको भनाइ थियो ।जसले जिम्मेवारी पाएको छ, जिम्मेवारी पाएको ठाउँमा गइसकेपछि आफूले लगाएको पुरानो टोपी फुकालेर त्यहाँ सहि नियत राख्न सक्नुपर्ने थापाले बताए ।

नेपालमा लोकतन्त्र संकटमा नरहेको तर केहि समस्याहरु आएकाले   यसलाई ठिक ठाउँमा लैजान सकिने थापाको भनाई थियो ।नेपालमा आवधिक निर्वाचन भइरहेको र त्यसपछि सत्ता हस्तान्तरण शान्तिपूर्वक भइरहेको कुरालाई उल्लेख गर्दै थापाले लोकतन्त्रमाथि नै प्रश्न गर्न नहुने बताए ।

केही वर्षअघि संविधान बनेन भनेर, त्यसअघि शान्ति प्रक्रिया भएन भनेर , अहिले लोकतन्त्र जान लाग्यो भनेर रुवाबासी मात्रै   गरेर केहि नहुने भन्दै  आगामी दिनमा देश विकास कसरी गर्ने भन्ने छलफल चलाउनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *