“कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा विदेशमा समेत छ”-प्रधानमन्त्री ओली

सेयर गर्नुहोस्

२८ कार्तिक,काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा देशभित्र मात्रै नभई विदेशमा समेत हुने गरेको बताएका छन् । बुधवार प्रतिष्ठानको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने बताए ।

‘यसको महत्त्व धेरै छ, अहिले विदेशमा समेत यसको चर्चा हुने गरेको छ,’ ओलीले भने, ‘कर्णाली अगाडि बढ्दै छ । कर्णालीवासीले घरमै सेवा पाउनुभएको छ ।’साथै उनले प्रतिष्ठानलाई आवश्यक पर्ने गुणस्तरीय सेवा, सुविधाहरू दिन सरकार प्रतिबद्ध रहेको बताए । दीक्षान्त समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् भने प्रतिष्ठानको नयाँ भवनको उद्घाटन गरिएको छ । यस्तै जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद ज्ञानेन्द्र शाहीले सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्णालीको विकासबारे १० बुँदे माग पत्र बुझाएका छन्। समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *