ऋषि धमलासहित तीन जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा

सेयर गर्नुहोस्

२८ कार्तिक, काठमाडौँ : टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमलासहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रत्यक्षदर्शी भन्दै प्राइम टेलिभिजनमा गोरखाका नवराज अर्यालले आफू घटनाको प्रत्यक्षदर्शी भएको दाबी गरेका थिए। ब्युरोले अर्याललाई मङ्गलवार नियन्त्रणमा लिएर सोधपुछ गर्दै हाजिर जमानीमा छाडेको थियो।

प्रहरीले बुधवार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता धमलालाई  नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनले अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटो भएको र सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याइएको बताए।

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको दाबी गरेका थिए।कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्त २०७५ साउन ११ मा उखुबारीमा मृत भेटिएकी थिइन्। उनी १० साउनमा गृहकार्य गर्न भन्दै साथीको घर गएका बेला हराएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टी भए पनि घटनामा संलग्न अझै पक्राउ परेका छैनन्।

धमलाले आफ्नो कार्यक्रममा निम्त्याइएका अर्यालले निर्मलाको हत्यामा तीन जना संलग्न रहेको र आफू सो घटनाको प्रत्यक्षदर्शी रहेको भन्दै अन्तर्वार्ता दिएका थिए भने धमलाले प्रमुख प्राथमिकताका साथ प्रशारण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *