अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने कुलमानको चेतावनी

सेयर गर्नुहोस्

२८ कार्तिक, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादमा अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन्।

बुधबार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा काटिएको बिजुली जोड्ने निर्णय गरेको र उद्योगको बक्यौता उठेन भने फेरि प्रक्रिया अनुसार अघि बढ्ने बताए।उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो। हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ। अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ।’

प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको भन्दै यसबारे उद्योगीहरूले राजनीति गरेको उनको आरोप छ।

डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार र प्राधिकरणबीच लामो समयदेखि चलिआएको रस्साकस्सीपछि प्राधिकरणले आजै काटिएको लाइन जोडिदिएको छ। यसबारे कुलमानले बक्यौता विद्युत् महसुल उठाउने विषय अब विद्युत् प्राधिकरण, मन्त्रालय वा सरकारको विषय मात्रै नभई जनताको तहमा पुगिसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *