प्रधानमन्त्री ओली र मेयर बालेन बिचको तिक्तता मनमुताब छरपस्ट

सेयर गर्नुहोस्

३ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह हरेक जसो एक अर्कालाई एकदमै आलोचना गरिरहने पात्र हुन । बालेन सधै प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालको माध्यमबाट प्रहार गरिहेका हुन्छन भने प्रधानमन्त्री ओली सधै सार्बजनिक मञ्चबाट । प्रधानमन्त्री ओली र बालेन बिचको दुश्मनी र तिक्तता कति छ भन्ने कुरा हिजो लालितपुर महानगरपालिकाको स्थापना दिवसले समेत पुष्टि गरेको छ । ललितपुर महानगरको १०६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री ओली लाई प्रमुख अतिथिको रुपमा र काठमाडौ महानगरपालिकाका मेयर बालेन साहलाई अतिथिको रुपमा निमन्त्रणा गरेको थिए । एक दिन अगाडीसम्म कार्यक्रममा जान तयार भएको मेयर बालेन प्रधानमन्त्री ओली उपस्थित हुने थाहा पाएपछी एकाएक कार्यक्रममा नजाने निर्णय गरे । यस भन्दा अगाडी ललितपुर महानगरपालिकाको हरेक कार्यक्रममा उपस्थित हुने गरेका मेयर बालेन यसपाली उक्त कार्यक्रममा नजानुको मुख्य कारण प्रधानमन्त्री ओली नै भएका हुन सक्ने आँकलन गर्न सकिन्छ । यसभन्दा अगाडी ललितपुर महानगर कै कार्यक्रममा शेर बहदुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला सधै उपस्थित हुने मेयर यो पटक प्रधानमन्त्री ओली प्रमुख अतिथि भएकै कारण उपस्थित नभएको सहजै अनुमान लागउन सकिन्छ । प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रममा मेयर बालेन उपस्थित हुन अस्विकार गरेको यो पहिलो कार्यक्रम भने होईन । यस अघि पनि ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित हुने थाहा पाएपछी उनि भारत गएका थिए । त्यस समयपनि प्रधानमन्त्री ओलीसंग एउटै मञ्च सेयर गर्न नचाहेको ले बिभिन्न बहाना बनाएर उनि भारत गएको भन्ने चर्चा समेत चलेको थियो । प्रधानमन्त्री ओलिले ठाँउ पाएसम्म काठमाडौ महानगरको आलोचना गर्न पछि पर्दैनन् । उनले हिजो ललितपुर महानगरको कार्यक्रममासमेत काठमाडौ महानगरको आलोचना गर्न छाडेनन् ।ओलीले ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै काठमाडौंका महानगरका प्रमुख बालेन शाहप्रति ब्यंग्यात्म शैलिमा ललितपुर नगर प्रहरीले गरिबका तरकारी फ्याँकेको आफूले नदेखेको र अन्य ठाँउको जस्तो तानाशाह ललितपुर महानगरमा नभएको भन्दै शाहलाई ब्यंग्य समेत गरेको थिए। उक्त भनाई यतिबेला सामाजिक सञ्जालमा समेत भईरल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *