१४ पौष,काठमाडौं । काठमाडौँ महानगरले ज्यादती गरेको भन्दै कवाड व्यवसायी सङ्घर्ष समिति विरोध प्रदर्शनमा उत्रिएको छ। समितिले आइतबार काठमाडौँ महानगरपालिका विरुद्ध विरोध प्रदर्शन गर्यो। प्रज्ञा भवन परिसरबाट सुरु भई घण्टाघर, रत्नपार्क, भृकुटीमण्डप, पद्मोदय मोड, पुतलीसडकहुँदै महानगरपालिकाको कार्यालय अगाडि पुगेर कोण सभा आयोजना गरेका थिए।
उनीहरूले नवराजाहरूको आतङ्क बन्द गर, कवाड व्यवसायीहरूको रक्षा गर, गुण्डागर्दी चल्दैन, महानगरको ज्यादती बन्द गर, बालेन शाह मुर्दावाद जस्ता नारा लगाएका थिए।महानगरले पछिल्लो समय कवाड संकलन केन्द्रहरुमा हस्तक्षेप गर्दै हटाइरहेको छ। व्यवसायी यसको विपक्षमा निरन्तर विरोध प्रदर्शनमा छन्।उच्च अदालतले कवाड व्यवसायीलाई महानगरबाट निष्कासन नगर्न आदेश दिएपछि डोजर नचलाउन आग्रह गर्दै कवाड व्यवसायीले महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।