१७ पुस,काठमाडौं– नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न गरेका छन् ।
गत पुस ११ गतेको सचिवालय बैठकबाट एमालेले निष्कासित गरेपछि बुधबार बबरमहल पत्रकार सम्मेलन गर्दै रावलले ओलीसँग ७४ प्रश्न गरेका हुन् ।उनले एमालेपंक्ति र जनतालाई जवाफ दिनै पर्ने भन्दै ओलीसँग ती प्रश्न गरेका हुन् ।
ओलीले आफूलाई पार्टीबाट निकालेको बताउँदै अब समपूर्ण देशभक्त र जनसहभागिताको सहभागितामा ‘मातृभूमि जागरण अभियान’को पनि रावलले घोषणा गरेका छन् ।उनले अब एमालेमा कुनै हालतमा नफर्किने घोषणा गरेका छन् । यदि ओलीले यी ७४ प्रश्नको जवाफ नदिएमा ०८४ सालको चुनावमा एमाले पतन भएर जाने पनि बताए ।
नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन् ।
आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।