ठूला मिडिया हाउस योजना नै बनाएर बदनाम गर्न लागे : अध्यक्ष प्रचण्ड

सेयर गर्नुहोस्

१९ पौष, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला मिडिया हाउस योजना नै बनाएर बदनाम गर्न लागेको बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । श्रमिक पत्रकार र ठूला मिडिया हाउसको मुद्दा नै फरक रहेको प्रसँग निकाल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले यस्तो आरोप लगाएका हुन् ।

‘श्रमिक पत्रकारका समस्या एकातिर रहेको छ भने अर्कोतिर ठूला मिडिया हाउसहरुले कसलाई बदनाम गर्नुछ योजना नै बनाएर उद्देश्यमूलक रुपमा मेनोबोरिङ गर्ने गरेका छन् । यस्ता बदनियतपूर्ण प्रचारले पत्रकारितालाई बलियो नबनाउने भएकाले पत्रकार महासंघले यस्ता प्रवृत्तिका विरुद्ध पनि खबरदारी गर्नुपर्छ’ उनले भने ।
आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराउँदै दाहालले भने ‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *