२१ पौष,काठमाडौं । नेकपा एमाले ले केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिने भएको छ। च्यासलमा आइतबार सुरू केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।
यी प्रतिवेदन तथा समसामयिक राजनीतिक विषयबस्तुमाथि केन्द्रीय सदस्यहरूबाट धारणा र सुझाव लिने एमालेको तयारी छ। आइतबार अपराह्न ३ बजेदेखि ५ बजेसम्म केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ। एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई ३ मिनेटका दरले समय दिएर धारणा सुन्ने तयारी छ। एमाले केन्द्रीय कमिटी बैठक सोमबारसम्म चल्नेछ।