अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित

सेयर गर्नुहोस्

२२ पौष, काठमाडौं । अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ ।केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरीलगायत धेरै राज्यहरूले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन् ।भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ । कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन् । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ ।देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको समाचारमा उल्लेख छ । वाशिंगटन डीसी र फिलाडेल्फियालगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *