भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

सेयर गर्नुहोस्

२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८।५ डिग्री उत्तर अक्षांश र ८७।४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।

आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६।८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *