२२ पुस, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । आइतबारदेखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ(आफ्नो धारणा राख्नेछन् । आइतबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरुले बताएका छन् ।