१९ पुस,काठमाडौं : गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’को इकाई बाँडफाँड भएको छ।
गरिमा समृद्धि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको दश करोड इकाई पुस सात गतेदेखि ११ गतेसम्मका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरू मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो।
उक्त अवधिभर रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन पर्न आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिन्छ।
सोही निर्देशिकाको अधिनमा रही बिहीबार विहान एनआइएमबि एस क्यापिटल लिमिटेडमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात १२ करोड ६० लाख इकाई कायम गरी सम्पन्न भएको छ।