चीनमा फेरि फैलियो कोभिड–१९ जस्तै नयाँ भाइरस

सेयर गर्नुहोस्

१९ पौष, काठमाडौं । कोभिड–१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन् । यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस ९एचएमपीभी०  भएको जनाइएको  जुन एक आरएनए भाइरस हो । भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड–१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन् । यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ । जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् । चीनको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट  उल्लेख गरिएको छ  ।

एचएमपीभीबाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ को केसहरू पनि रिपोर्ट गरिएको छ । जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ । यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरेको छ । खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ । यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ । समाचार संस्था रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *