बलात्कार आरोपमा एमालेका काठमाडौँ जिल्ला सदस्य पूर्णमान लामा पक्राउ

सेयर गर्नुहोस्

२५ पौष,काठमाडौँ । नेकपा (एमाले)का काठमाडौँ जिल्ला समिति सदस्य पूर्णमान लामालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौँको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ । पक्राउ परेपछि नेकपा (एमाले) काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *