नयाँ प्रमुख प्रशासकीय अधिकृत माग सहित बालेनको पत्र

सेयर गर्नुहोस्

२६ पुस, काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र लेखेका छन् ।

‘काठमाडौँ महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ पत्र लेख्दै बालेनले भनेका छन् ।

पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ ।

छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए ।शर्माले पनि राजीनामा दिएपछि काठमाडौं महानगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *