लामिछानेको बयान सकियो; थुनछेक बहस हुदै

सेयर गर्नुहोस्

२८ पुस,काठमाडौं-जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।

सहकारी ठगी मुद्दामा आज आइतबार आफै अदालत पुगेका लामिछानेको बयान सकिएको हो ।जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो सुरु लामिछानेको बयान केही सवा २ बजे सकिएको हो।

अब केही बेरपछि थुनछेक बहस सुरु हुनेछ ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछाने अदालतमा उपस्थित भएका थिए ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *