“मिल्ने भए महिला आयोगको अध्यक्ष पनि पुरुष नै बन्ने थिए” :अध्यक्ष कमला पराजुली

सेयर गर्नुहोस्

२८ पुस,काठमाडौं- राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला आयोग बाहेक अन्य संवैधानिक आयोगको नेतृत्वमा महिला नभएको भन्दै असन्तुष्टि जनाएकी छन्।संसदीय समितिको आइतबारको बैठकमा बोल्दै पराजुलीले महिला आयोग बाहेक अन्य आयोगको नेतृत्वमा महिला नभएको भन्दै असन्तुष्टि जनाएकी हुन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज निजामती सेवा विधेयकका विषयमा छलफलका लागि संवैधानिक आयोगका पदाधिकारीहरूलाई बोलाएको छ।

छलफलमा बोल्ने क्रममा अध्यक्ष पराजुलीले महिला आयोगमा चाहिँ महिला अध्यक्ष हुनुपर्ने भएर महिला हुन सकेको तर, अन्य आयोगमा बाध्यकारी व्यवस्था नहुँदा महिलाले नेतृत्व गर्न नपाएको बताएकी हुन्।

उनले भनिन्, ‘सातवटा आयोगमध्ये महिला आयोग बाहेक अन्य आयोगमा नेतृत्वमा महिला हुनुहुन्न। नेतृत्व गर्न सक्ने महिला नभएर त पक्कै होइन। महिला आयोग बाहेक अन्य आयोगमा थुपुक्क १ जना सदस्य हुनुहुन्छ, मुस्लिम आयोगमा त त्यो पनि हुनुहुन्न। मलाई लाग्छ, मिल्ने भए महिला आयोगमा पनि पुरुषकै नेतृत्व हुन्थ्यो। त्यहाँचाहिँ महिला हुनुपर्ने भनेको भएर महिला छौं।’कानुनमा बाध्यकारी व्यवस्था नगरेसम्म महिलाले अवसर पाउन नसक्ने पराजुलीको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *