२९ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएसँग लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको थियो। आइतबार विहान आफैं अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरूको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए। तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका थिए।