सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

सेयर गर्नुहोस्

०६ माघ,काठमाडौं-बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर अदालतमा पुरक मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन् ।

‘संगठित रुपमा ठगीको कसुरमा मुद्दा दायर भएको छ । थप १४ सहित ४२ जना प्रतिवादी छन्’, केसीले भनिन्, `रुजु गरेर दर्ताकाे पक्रिया सुरु भएको छ ।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *