६ माघ,काठमाडौं-कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको थुनछेक बहस हेर्दाहेर्दैमा रहेको छ ।आईतबार जोशी काठमाण्डु जिल्ला अदालतमा हाजिर भए पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको थुनछेक बहस भइरहेको छ । थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका छन् । उनलाई भद्रकालीस्थिति जिल्ला प्रहरी परिसरमा राखिनेछ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटीमा रिहा भएका थिए । उनीसँगैका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की र काठमाण्डौं दुवै अदालतबाट धरौटीमा रिहा भइसकेका छन् ।