०६ माघ,काठमाडौं- नेता वामदेव गौतम अन्ततः नेकपा एमालेमा फर्किने भएका छन् ।
नेकपा एकीकृत समाजवादीमा समाहित हुन पछिल्ला हप्ताहरूमा वार्ता गरिरहेका गौतमले अब एमालेमा फर्किने निधो गरेका हुन् ।
उनीनिकट स्रोतका अनुसार आईतबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि गौतम एमालेमा फर्किने भएका हुन् ।
उनी नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा जाने भएपछि त्यसबाट असन्तुष्ट केही नेताहरू माओवादी केन्द्रमा जाने भएका छन् ।