बन्द भएको टिकटक अमेरिकामा फेरि चल्यो

सेयर गर्नुहोस्

७माघ,काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि टिकटकलाई ब्युँताउने बताएपछि अहिले अमेरिकाका १७० मिलियन प्रयोगकर्तामा टिकटकको पहुँच पुगिसकेको छ। यस अघि शनिबार अमेरिकाको न्यायालयले सुरक्षाको कारण देखाउँदै यसलाई बर्जित गरेको थियो।

यअघि टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा वकालत गर्दै आएका ट्रम्पले आइतबार भने यसको अध्ययनका लागि केही समय लाग्ने भएकाले हतार नगर्ने बताएका हुन्। एप चल्न थालेपछि धेरैले ट्रम्पलाई धन्यवाद समेत दिएका छन्।

टिकटकका प्रमुख कार्यकारी सो चिउ सोमबार ट्रम्पको शपथ ग्रहण कार्यक्रममा उपस्थित हुने अनुमान गरिएको छ। उनले केही समय लिएर कसरी आफ्नो देशलाई सुरक्षित बनाउन सकिन्छ भन्ने यकिन भएपछि मात्र थप निर्णय गर्ने बताए। अप्रिल महिनामा नै ऐन पास भएपछि अमेरिकी भर्सनको एप सबै डिभाइसबाट हटेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *