सरकारले संघीय संसद्को अधिवेशन १८ माघदेखि बोलाउने

सेयर गर्नुहोस्

७ माघ,काठमाडौं-सरकारले संघीय संसद्को अधिवेशन १८ माघदेखि बोलाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच सोमबार भएको भेटमा संसद्को अधिवेशन १८ माघबाट बोलाउनेबारे कुराकानी भएको निकटस्थ स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।सोमबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै प्रतिपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी गरेपछि सरकारले बोलाउने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *