महावीर पुनले बिक्री गरे एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक

सेयर गर्नुहोस्

७ माघ,काठमाडौं-राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्।   वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुनले आफ्नो आत्मकथा ‘महावीर पुन’ बिक्री गर्दै आएका छन्।उनले देशभरका विभिन्न क्षेत्रमा हिँड्दै किताब बिक्री गर्दै आएका हुन्।

उक्त सङ्ख्यामा किताब बेचेर उनले ११ करोड ६२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका हुन्। प्रति पुस्तकको ७५० रुपैयाँ मूल्य तोकिएको छ। सरकार र पुनको राष्ट्रिय आविष्कार केन्द्रबिच कारखाना चलाउने विषयमा सहमति भएको थियो। सोही आधारमा पुनले कारखाना सञ्चालन गर्दै आएका छन्। उनलाई राज्यले कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था नगरिदिएपछि किताब बेचेर कारखाना सञ्चालन गर्न खोजेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *