आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

सेयर गर्नुहोस्

८ माघ,काठमाडौं –आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।

पहिलोपटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।पहिलोपटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले  जानकारी दिए । आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अनुसन्धान गरिरहेको छ । गएको पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उनीविरुद्ध आरोप छ ।

अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *