१३ माघ, काठमाडौं – ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याईने भएको छ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जना र झडपकै क्रममा घाइते भएका अर्का एक जनालाई काठमाडौं ल्याउन लागिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादका अनुसार घाइतेहरू यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाईकाठमाडौं ल्याउन लागिएको हो ।
शनिबार बेलुका पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा र भागदौडका क्रममा केही व्यक्ति घाइते भएका थिए । तीमध्ये तीन जना गम्भीर घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।