सकियो रबि लामिछानेको थुनछेक बहस, आजै आदेश आउन सक्ने

सेयर गर्नुहोस्

१३ माघ, काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतका वैतनिक वकिल कृष्णप्रसाद ढकालका अनुसार थुनछेक बहस सकिएर प्रतिवादी तर्फका वकिलहरूले जवाफी बहस शुरू गरेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति तथा पूर्व गोरखा मिडिया नेटवर्कका प्रबन्धक लामिछानेको रुपन्देही अदालतमा गत बुधबारबाट थुनछेक बहस शुरू भएको थियो ।​ दुवै तर्फबाट बहस सकिएपछि आइतबार नै धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *