रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान दिएको हो : रास्वापा नेत्री संग्रौला

सेयर गर्नुहोस्

१३ माघ, काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफ्नो पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक जना बलात्कारीलाई जीवनदान दिएको बताएकी छिन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत यो विवादास्पद बयान दिइन्, जसले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ।

संग्रौलाले सुरुमा लेखेको स्टाटसमा रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएकोू भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन्। उनको नयाँ स्टाटसमा भनिएको छ, एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।

 

यो स्टाटसले नेकपा एमालेका नेता महेश बस्नेतप्रति लक्षित गरेको आकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *