74
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो ।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । जर्ज मुन्से , फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेन ३ र प्रतिश जिसी ११ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे । बलिङमा शेर मल्ल नायक बने । शेरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एकएक विकेट लिए ।