युट्युवबाट ३०० पनि कमाई नभएपछी शिक्षामन्त्रीको दुखेसो

05 December, 2025 112 Views
युट्युवबाट ३०० पनि कमाई नभएपछी शिक्षामन्त्रीको दुखेसो
112

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालबाट कमाउन खोज्दा ‘दुई–तीन सय रुपैयाँसम्म नआएको’ भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जागिर खाइएन र व्यापार गरिएन । फेसबुक(युट्युबले पनि पत्याएन । म त छक्कै परेँ नि।’

उनले सामाजिक सञ्जालबाट आम्दानी गर्ने उद्देश्यले केही व्यक्तिको सहयोगमा फेसबुक र युट्युब दुवैबाट कमाइ सुरु गर्ने व्यवस्था मिलाए पनि अपेक्षित रकम नआएको उल्लेख गरेका छन् । पुनका अनुसार, चार महिना बितिसक्दा पनि ‘दुई(तीन सय रुपैयाँ झर्न नसकेको’ अनुभव उल्लेख गरेका छन् ।

मन्त्री पुनले हल्का व्यङ्ग्य मिसाएर लेखेका छन्, सामाजिक सञ्जालबाट नुन, तेल, साबुन, मसला किन्ने र केही पकेट खर्च चलाउने पैसा आउने आशा गरे पनि ‘पटक्कै ढङ्ग नआएको’ हो । उनले थप लेखेका छन्, ‘यस्तो ढङ्ग नहुने व्यक्तिले खोइ कसरी जिन्दगी बिताउला भनेर म आफैँ छक्क परेको छु ।’

Related Post