जेनजी आन्दोलनमा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद घटना : पूर्वराष्ट्रपति भण्डारी

जेनजी आन्दोलनमा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद घटना : पूर्वराष्ट्रपति भण्डारी
33

मंसिर, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद घटना भएको बताएकी छन् । आइतबार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले गत भदौ २४ गते सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताइन् । सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि उनले बताइन् । उनले सरकारले चाँडै उक्त भवनहरूको पुनः निर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताइन् ।

उनले भनिन्, ‘भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरू तोडफोड, आगजनी, लुटपाटका घटना भए । यहाँको परिस्थिति कस्तो छ भनेर आएको हो । यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले चाँडै यिनीहरूको पुनःनिर्माण गरेर पुरानो अवस्थामा ल्याउनेछ भन्ने आशा गरेको छु । तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद घटना हो । नेपालको इतिहासमा कहिल्यै नभएको दुःखद घटना हो । भविष्यमा पनि यस्तो कुनै घटना नहोस् । उनले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद घटना भएको बताउँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताइन् । –न्युज एजेन्सी नेपाल

Related Post