32
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेट गरेका छन्।
सभामुखको सचिवालयका अनुसार लामिछाने र सभामुख अर्यालबीच करिब २० मिनेट कुराकानी भएको थियो। सचिवालयले उक्त भेटलाई अनौपचारिक भेट भनेको छ।
यसअघि बुधबार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग करिब चार घण्टा लामो भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछाने सभामुख अर्याललाई भेट्न पुगेका हुन्।