53
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम केहीबेरमा सुरु हुँदैछ ।
शपथ ग्रहणका लागि पार्टीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका परिवारका सदस्य र आफन्त पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने क्रम जारी छ । कार्यक्रमलाई लिएर सानेपास्थित केन्द्रीय कार्यालयमा चहलपहल बढेको छ ।