50
काठमाडौं । सरकारले निजी विद्यालय सञ्चालकहरूको संस्था राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
गृह मन्त्रालयले सरकारी निर्देशनको पटक–पटक अवज्ञा गरेको र स्वीकृत विधानविपरीत गतिविधि गरेको ठहर गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम संस्था निलम्बन गरेको हो।
मन्त्रालयले निलम्बनपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ। आदेश उल्लंघन गरी गतिविधि गरे प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।