समाचार लेख्ने पत्रकारकै सडक दुर्घटनामा ज्यान गयो, ट्रकको ठक्करबाट पोखरेलको मृत्यु

30 October, 2026 59 Views
समाचार लेख्ने पत्रकारकै सडक दुर्घटनामा ज्यान गयो, ट्रकको ठक्करबाट पोखरेलको मृत्यु
59

काठमाडौं । नवलपरासीको परासीस्थित सेतोपुलमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।

भैरहवाबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा तिलोत्तमा–१३ निवासी ४५ वर्षीय पोखरेलको मृत्यु भएको हो।

पोखरेल अग्निपरीक्षा साप्ताहिक पत्रिकाका प्रकाशक हुन्। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related Post