54
काठमाडौं । तनहुँको दुलेगौंडामा तीव्र गतिमा रहेको स्कार्पियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बिहीबार साँझ सडक पार गर्ने क्रममा दमौलीबाट पोखरातर्फ जाँदै गरेको स्कार्पियोले ठक्कर दिँदा शुक्लागण्डकी नगरपालिका–२, गाछेपानी निवासी ३६ वर्षीया सविना गुरुङ गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनामा घाइते गुरुङलाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकको प्रयासका बाबजुद बिहीबार राति उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनापछि ठक्कर दिने स्कार्पियो र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।