मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु

29 October, 2026 82 Views
मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु
82

 

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार आज बिहान सडक पार गर्न लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Related Post