पुरानो बाइक साट्दा १० लाखसम्म छुट, टीभीएसको महा एक्सचेन्ज मेला

पुरानो बाइक साट्दा १० लाखसम्म छुट, टीभीएसको महा एक्सचेन्ज मेला
7

काठमाडौं । पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ किन्ने ग्राहकलाई लक्षित गर्दै टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। जगदम्बा मोटर्सले आयोजना गर्ने मेला कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ।

मेलामा ग्राहकले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक, गोल्ड की वा १० लाख रुपैयाँसम्म नगद छुट पाउने अवसर रहेको कम्पनीले जनाएको छ। साथै, हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन्।

मेलामा पुराना सवारीसाधनको मूल्यांकन, सहज फाइनान्स सुविधा र नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने अवसरसमेत उपलब्ध हुनेछ।

Related Post