72
काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजासँग ‘भिजा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता गरेको छ ।
यस सम्झौतासँगै बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज, सुरक्षित र भरपर्दो विकल्प पाउने अपेक्षा गरिएको छ ।
भिजाका अनुसार यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा आइसकेको छ । यस सेवामार्फत ग्राहकले झन्झट कम गर्दै सहज रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ ।