रास्वपाद्वारा समानुपातिकका उम्मेदवार हुन ५० हजार आवेदन शुल्क लाग्ने

रास्वपाद्वारा समानुपातिकका उम्मेदवार हुन  ५० हजार आवेदन शुल्क लाग्ने
47

मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ । सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरू गरेको प्रवक्ता मनिष झाले बताए ।

उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले यसअघि जारी गरेको सूचनामा आवेदन शुल्क ५० हजार तोकिएको छ । योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न र निवेदनका लागि पार्टीको वेबसाइटमा हेर्न भनिएको छ ।

Related Post